महोत्तरी । बिस्व पर्यटन दिवसको अवसरमा महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरुले आन्तरिक र वाहय पर्यटकको लागी छुट सहितको स्वागतमा जुटेका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीमा आवद्ध व्यापारीहरुले आन्तरिक र वाहय पर्यटनको लागी २५ प्रतिशत छुट सहित स्वागतमा जुटेका हुन । पर्यटकहरुलाई आकर्षण गर्न जिल्लाका मुख्य सडकहरुमा झिलिमिली बत्ती जडान गरिएको छ भने मन्दिर तथा पर्यटकीय स्थलहरुमा सरसफाई समेत गरिएको छ ।
यो पर्यटन दिवस ७ दिनसम्म मनाउने निर्णय गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए । `यो अवधीमा स्थानिय पर्यटकीय सम्भावनाको खोजी र योजना पनि बनाउने छौ,´ अध्यक्ष कार्कीले भने , `पहिलो दिन बुधबार हामीले जिल्लाको उत्तरवर्ती क्षेत्रका पहाडहरु घुम्यौ ।´
जिल्लाको उत्तरवर्ती क्षेत्रमा रहेका उच्च पहाडहरु राइ मन्डल, चनौटे डाडोँजस्ता ठाउँहरुको सम्भाव्यता अध्ययन गरिएको अध्यक्ष कार्कीले बताए । होटल तथा पर्यटन व्यवसायीहरु जिल्लाका सिमा नाका र एयरपोर्टमा पुगेर खादा तथा माला लगाउँदै आन्तरिक र बाहय पर्यटकको स्वागत गर्ने समेत कार्यक्रम रहेको छ ।
बुधवार मात्र ३ सय भन्दा बढी पर्यटकहरुलाई स्वागत, सत्कार गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जनाएको छ । यो सगैँ पर्यटन व्यवसायीहरु जिल्लाका सम्भावित पर्यटकीय स्थलको सम्भावनाको संघन खोजीमा जुटेका छन् ।
मधेश कै उच्च मानिएको राई मण्डल तथा चनौटे डाडामा केवुलकार तथा जिप लाइनको सम्भावनासहित थप सम्भाव्यता अध्ययन गरिनु पर्ने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको निष्कर्ष छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com