पुष, २२ । जिल्ला प्रशासन कार्यालय रसुवाले प्रशासनिक सेवा तथा सुरक्षाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयहरुसगँको अन्तरक्रियालाई तिब्रता दिएको छ । बेदनिधि खनाल प्रमुख जिल्ला अधिकारीको रुपमा रसुवा गएसँगै उनले नागरिक र जनप्रतिनिधसँग अन्तरक्रिया तथा छलफललाई तिब्रता दिएका हुन् ।
पछिल्लो समय प्रशासन कार्यालय रसुवाले स्थानीय तह र सुरक्षा निकायसँगको समन्वयमा स्थानीयस्तरमै पुगेर शान्ति सुरक्षा, प्रशासनिक सेवा र गुनासो सुन्ने कार्यक्रम गरिरहेको छ । आज पनि नौकुण्ड नगरपालिकामा त्यहाँका स्थानीय र जनप्रतिनिधिसँग छलफल गरिएको प्रजिअ खनालले बताए ।
लागु औषध, प्रहरी तथा प्रशासनको कामकारबाही, अपराध नियन्त्रण लगायतका विषयमा छलफल गरिएको र नागरिकका गुनासा सुनिएको प्रजिअ खनालको भनाई छ । आजको छलफलमा सहभागिले गाउँपालिकामा प्रहरीको संख्या थप गर्न र विकास निर्माणका काममा ढिलासुस्ती भएकाले समन्वय गरिदिन आग्रह गरेका छन् ।
त्यस्तै, प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन गाउँमै घुम्ती शिविरको आयोजना गरिदिन स्थानीयले आग्रह गरेका प्रजिअ खनालको भनाई छ । प्रशासन कार्यालयले स्थानीयको गुनासोको आधारमा थप समन्वय बढाई नागरिकको सेवालाई चुस्त बनाईने खनालले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com