चैत, २ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले कोल्ड स्टोर सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष असिम राईले कोल्ड स्टोरको उद्घाटन गर्नुभयो । गाउँपालिकाको लगानीमा वडा नम्बर ८ को बुढिडाँडामा निर्माण भएको कोल्ड स्टोरको उद्घाटन गर्दै अध्यक्ष राईले कृषकको मर्म र भावना अनुसार बजेट निर्माण गरि कार्यन्वयन गरिरहेको बताउँनुभयो । देउसामा सबैभन्दा बढी सुन्तला फल्ने भएकाले यसलाई कोल्ड स्टोरमा राखेर बिक्री गर्दा कृषक र उपभोक्ता दुबैलाई फाइदा हुने उहाँको विश्वास छ । करिब ७५ लाखको लागतमा कोल्ड स्टोर स्थापना गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
देउसा कृषि बन श्रोत केन्द्र मार्फत सञ्चालन हुने कोल्ड स्टोरमा परीक्षणको लागि दुई महिना अघि राखिएको सुन्ताला राम्रो रहेको भन्दै केन्द्रका अध्यक्ष तिलक बहादुर राईले परीक्षण सफल भएको बताउँनुभयो । उक्त केन्द्रमा हाल २१ टन सुन्तला भण्डारण गर्न सकिने बताइएको छ । यसको प्रभावकारीतालाई हेरेर भण्डारण क्षमता बढाउने गरि संरचना निर्माण गरिने पालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com