धादिङ । लामो समय जिल्ला फुटबल संघ धादिङमा व्यतित गरेका दिपक खतिवडा एक महिना अघि सम्पन्न अधिवेशनबाट अत्याधिक मतका साथ फेरि धादिङको अध्यक्ष निर्वाचित भएका थिए । उनले भोली हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा केन्द्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
चुनावी अभियानलाई नजिकबाट नियाली रहेका जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरी थापाका अनुसार दिपक खतिवाडाले अध्याधिक मत ल्याएर जित्ने उनको दावी छ । थापाका अनुसार एन्फा निर्वाचनमा ८१ मतदाता छन् यस मध्य खतिवडाको पक्षमा ४७ जना भोटरहरु खुलेरै लागेका छन् भने तथस्टहरु मध्यबाट ३ जनाको भोट दिपकले छन् ।
वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको प्यानल चुनावी मैदानमा छ । धादिङका खतिवडाले वरिष्ठ उपाध्यक्ष नेम्बाङको प्यानल उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
धादिङका फुटबल खेलाडीहरु बीच आशा र भरोसमा बन्न सफल खतिवडा एन्फाको उपाध्यक्षमा मतदाताहरुको मन जित्छन् वा जित्दैनन् त्यो भने चुनावै पर्खनु पर्ने हुन्छ । एन्फाको साधारण सभाले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्य चयन गर्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com