काठमाडौं, साउन २ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै महिला साफ एक हप्ता पछि सरेको जानकारी गराएको छ । भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले जनाएको छ ।
अब महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।
बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com