काठमाण्डौ, साउन ६ । भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिपका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
भुवनेश्वरमा हुने च्याम्पिनयसिपका लागि नेपाली टोलीआज त्यसतर्फ प्रस्थान गरेको हो । भ्रमण टोलीमा २३ खेलाडीसहित ३१ सदस्य छन् । नेपाली टोलीको कप्तानी आयुष घलानले गर्नेछन् । २३ सदस्यीय अन्तिम टोलीमा रहेका फरवार्ड दिपेश राई घाइते भएपछि उनको स्थानमा रोहित सुब्बालाई समेटिएको छ ।
च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन् । पाँच टोली सहभागी च्याम्पिनयसिप राउण्ड रोबिनमा हुनेछ । शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । नेपालले आगामी साउन ९ गते मालदिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साउन ११ गते श्रीलंकासँग, १५ गते घरेलु टोली भारतसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा १७ गते बंगलादेशसँग खेल्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com