काठमाण्डौ, साउन ९ । २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालसँग माल्दिभ्स चार–शून्यले हारेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएको हो ।
नेपाल खेलको ४२ औँ, ५७ औँ, ६१ औँ र ९४ औँ मिनेटमा गोल गर्दै चार–शून्यले विजयी भयो । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।
नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदो आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदो मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com