साउन २३ । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका छन् । नेपाल क्रिकेट संघ क्यानले आज विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । क्यानले प्रभाकरलाई एक वर्षका लागि अनुबन्ध गरेको छ । उनी केही दिन भित्रै नेपाल आउने र प्रशिक्षण सुरु गर्ने छन् ।
प्रभाकरले यसअघि प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् भने रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले आफु नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको प्रतिक्रिया दिए ।
प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केलगत्तै पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com