भदौ, २ । प्रदेश एकका रेफ्रीहरुलाई तेक्वान्दो रीफ्रेसर तालिम दिइएको छ । नेपाल तेक्वान्दो संघको आयोजना तथा प्रदेश तेक्वान्दो संघ प्रदेश नम्बर १ को संयोजनमा प्रदेश १ भरिका तेक्वान्दोका रेफ्रीहरुलाई विराटनगरमा तीन दिने रिफ्रेसमेन्ट कोर्स अर्थात् पुनर्ताजगी तालिमको दिइएको हो । विश्वभरि तेक्वान्दोको नियम परिवर्तन भएपछि रेफ्रीलाई तालिम दिएको तेक्वान्दो संघले जनाएको छ ।
गएको साउन २८ गतेदेखि ३१ गतेसम्म विराटनगरस्थित कभर्डहलमा भएको तालिममा प्रदेशभरिका ९२ जना रेफ्रीहरु सहभागी भएको राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक कविराज खड्गीले बताए । विश्वभरि नै तेक्वान्दोको नियम परिवर्तन भएको हुँदा एकै नियम र परिधिमा खेलिने तेक्वान्दो खेललाई रेफ्री पुनर्ताजगी तालिमको आयोजना गर्न आवश्यक परेको तेक्वान्दो संघका महासचिव तथा नेपालमा तेक्वान्दोका जन्मदाता दीपराज गुरुङ्गले बताए । तालिममा सहभागीबाटै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोमा सहभागी हुने खेलाडीको रेफ्री छनौट हुने बताइएको छ ।
यस्तै, सोलुखुम्बु जिल्लाबाट तालिममा प्रतिनिधित्व गर्दै न्हवाङ्ग केसाङ्ग लामा र प्रेम कुमार नेम्वाङले सोही तालिम लिएका छन् । तालिम लिएपछि न्हवाङ्ग लामाले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सोलुखुम्बुमा छनोट गर्दा नयाँ नियमअनुसार खेलाडीलाई खेलाइने बताए । उनले सोलुखुम्बु जिल्ला भरीका तेक्वान्दो खेलाडीहरुलाई नयाँ नियमबारे आफुले प्रशिक्षण दिने बताए ।
तेक्वान्दोको नयाँ नियम विश्वभरि नै आगामी सेप्टेम्बर १ बाट लागु हुदैँछ । सामान्य तथा तेक्वान्दोमा रेफ्री बन्नको लागि सेकेण्ड डानको उपाधि पाएको र २० वर्षभन्दा बढी उमेर भएको मापदण्ड पूरा गर्नुपर्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com