काठमाडौं। काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियाविरुद्ध दुई विकेट लिएको छ । टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका हुन् ।
ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । यस्तै मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो । सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए ।
सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए। यो समाचार तयार पर्दासम्म मलेसियाले ९.३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८३ रन जोडेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com