काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो सातौँ विकेट गुमाएको छ ।
मलेसियाको सातौँ विकेट अविनाश बोहराले लिएका हुन् । उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । उनी आउट हुँदा मलेसियाले १७.२ ओभरमा एक सय ४१ रन बनाएको छ । अविनाशले लिएको यो दोस्रो विकेट हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com