
काठमाडौँ । फिल्म ‘दयारानी’ निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।
सार्वजनिक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन देखिएका छन् । फिल्ममा पनि दयाहाङ र दीयाकै मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन अभिनेता माओत्से गुरुङले गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको अभिनय छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com