चैत, १२ । महाजात्रा फिल्मले महिला सातामै उत्साहजनक व्यापार गरेको छ । प्रदीप भट्टराई निर्देशित फिल्म महाजात्राले फिल्म रिलिज भएको तीनदिनमै चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। पहिलो दिन महाजात्राले एक करोड २३ लाखको ओपनिङ गरेको थियो। दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको निर्माणटिमको दाबी छ।
गएको शुक्रबारदेखि यो फिल्म रिलिज भएको थियो । षट्कोण आर्ट्सले निर्माण गरेको महाजात्रा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिरिज हो।
बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर वाङ्देल, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com