फागुन, २७ । ताप्लेजुङमा सामान्यतथा पाथिभरा देवीको मन्दिरले प्रख्यात छ। धार्मिक आस्थाको केन्द्र रहेको पाथिभरा साथै यहाँ रहेका ऐतिहासिक गुम्बाहरू पर्यटकका लागि आकर्षण हुन्। ताप्लेजुङको ओलाङ्चुङ गोला पनि पर्यटकको लागि अर्को आकर्षण हो। एक त लेकाली बस्तीमा रहेको ओलाङ्चुङ गोला हिमालको काखमा रहेको छ। सुन्दैमा आकर्षक लाग्ने नामभित्र घुम्दाको मज्जा पनि छुट्टै आनन्दको छ। ताप्लेजुङको फुङ्लिङ बजार हुँदै सहजैरूपमा जान सकिने यो ठाउँ काठमाडौंबाट हवाई यात्रा हुँदै सुकेटार बिमानस्थलमा उत्रिएर पनि जान सकिन्छ। गाडी, जिप तथा पैदलै पनि पुग्न सकिने यो गन्तव्य सपरिवार घम्न्नको लागि उत्तिकै रोमाञ्चक छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com