काठमाडौं, साउन १७ । अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको अमेरिकाले जनाएको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन् ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।
अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा रहेका बेला ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो । अमेरिकी अधिकारीहरूले जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहे पनि कसैलाई चोटपटक नलागेको बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com