साउन, २३ । इजिप्टको मध्यस्थतामा इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो ।
इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएका बीबीसीले उल्लेख गरेको छ ।
गत सोमबार इस्लामिक जिहादका प्रमुख बसिम सादीलाई जेनिन क्षेत्रबाट इजरायलले पक्राउ गरेपछि तनाव सुरु भएको थियो । इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको थियो । सोही हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको ज्यान गएको समाचारहरु सार्वजनिक भएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com