साउन, २४ । इटलीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।
उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्।
ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए।
बाँच्न सफलमध्ये तीन पुरुष र एक महिला छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com