डोडा । भारत प्रशासित जम्मू–कश्मीरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । डोडाका डेप्युटी कमिस्नर हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएका १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाले दुःख व्यक्त गरेका छन् र मारिएका यात्रुहरूको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
डेप्युटी कमिस्नर सिंहले ड्राइभरले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको हुन सक्ने बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com