वैशाख, १८ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ । तथ्याङ्क कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०८०÷८१ को बार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक बृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ता मुल्यमा ३.८७ हुने प्रारम्भीक अनुमान रहेको जनाएको हो । यस आर्थिक बर्षमा नेपालको अर्थतन्त्रको आधार ५७ खर्व ४ अर्व पुग्ने अनुमान गरेको तथ्याङ्क कार्यालयले जानकारी दिएको छ । त्यस्तै कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको छ , तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत राष्ट्रिय बचत हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले ६ देखि ८ महिनाको डाटाका आधारमा बार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन बनाइएको बताउनुभयो । उहाले पछिल्लो अर्थतन्त्रको सूचक हेर्दा अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको देखिएको धारणा राख्नुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरेको छ । त्यस्तै चालु आर्थिकमा जिडिपीको २२ दशमलव ९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com