साउन, ३० । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । राजनीतिक दलका नेताहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए । हिजो धादिङको धुनिबेशी नगरपालिकाका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिने बताएका थिए ।
अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् । राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच अहिले वार्ता भैरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com