भदौ, २ । नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउन माग गरेको छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले नेताले विधेयक विषयगत समितिमा नपठाए राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ ।
समिति बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले राष्ट्रपतिले चासो देखाएर विधेयक पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक आँखाले हेर्न नहुने बताए । एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँन माग गरे ।
राष्ट्रपति विद्यादेवि भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com