भदौ, २२ । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले पार्टीले उनलाई दिएको उपमहासचिव पद अस्वीकार गरेका छन् । आज अनेरास्ववियू क्रान्तिकारीको एक कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताए ।
शर्मा, पार्टीको महासचिवका दावेदार थिए । तर, गएको भदौ ४ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव र शर्मालाई उपमहासचिव बनाएका थिए । माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको छ । त्यो निर्णयमा शर्माले फरक मत राखेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com