असोज, २ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक सूचीलाई अन्तिम रुप दिन सकेन । आज बिहान समानुपातिक सूचीलाई अन्तिम रुप पदाधिकारी बैठक बसेको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेन । समानुपातिक सूची टुंग्याउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भोली बिहान ९ बजे बैठक बस्ने भएको छ । भोली समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने माओवादीको तयारी छ ।
आज बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको एक नेताले बताए ।
प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि नाम छनोट गर्न सकस परेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com