मंसिर, २७ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार देखिएको छ । सोमबार काठमाडौंमा बसेको लोसपाका पदाधिकारहरुको बैठकले सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
यसअघि मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा मिसिएको थियो। मधेशका केही स्थामा चुनावी तालमेल भएकाले पनि पनि गठबन्धनको नयाँ सरकारलाई साथ दिएर जाने निर्णय लोसपाका एक नेताले बताए।
लोसपाले अझेसम्म चुनावी समीक्षा गरिसकेको छैन। कार्यकारिणी समितिको बैठकले चुनावी समीक्षा पनि गर्ने भएको छ। निर्वाचन आयोगले चुनाव सबै परिणाम सार्वजनिक गरेपछि लोसपाको बैठक बस्ने छ।
मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ ४ सिट जितेको लोसपा यस पटक राष्ट्रिय दल हुन भने असफल भएको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com