पौष, १२ । बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्ने पहिलो निर्णय गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले फेरि अर्को बोल्ड निर्णय गरेका छन् ।
गृमन्त्री रबिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए । गृहमन्त्रीको सपथपछि एक्सनमा उत्रिएका रबिले एकपछि अर्को बोल्ड निर्णय गर्न थालेका छन् । उनले बोल्ड निर्णय गर्दै विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिए । लामिछानेको निर्देशनअनुसार मन्त्रालयले विज्ञप्ती जारी गर्दै कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
उनले सपथपछि आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए । उनले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताएका थिए ।
‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ’ उनले भने ।
उनले यो कुरामा सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको दावी गरे । ‘सबै दलका शीर्ष नेतासँग कन्फर्म गरेर मात्र आएको हो, सरकारको काममा हो मा हो, हामीले गरेको कुरामा हो मा हो गर्ने होइन, क्याबिनेट मिनिस्टरले जे निर्णय गरे त्यसमा हो मो हो भन्न हामी सहभागी भएका होइनौं’ लामिछानेले भने ।
यता, रवि लामिछानेविरूद्ध बिरोध र प्रदर्शन भएका छन् । ‘नागरिकता छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाउनु कानुनी राज्यको उपहास भएको भन्दै नेविसंघले लामिछानेको नागरिकता र पासपोर्ट छानबिन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
नागरिकता र पासपोर्टको छानबिन नसकिएसम्म लामिछानेलाई जिम्मेवारीबाट मुक्त गर्न नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि आग्रह गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com