वैशाख, १९ । हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।
मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् । सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो । सो पत्रपछि सभामुख घिमिरेले सांसद कोइरीलाई निलम्बन गरेका हुन् । स्रोत ः रातोपाटी
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com