वैशाख, २१ । २०७९ मंसिर ४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध संसद सचिवालयमा सम्पति विवरण बुझाउने पहिलो प्रतिनिधि सभा सदस्य हुन् ।
उनले २०७९ पुस २५ देखि २०८० वैशाख १५ गतेसम्म चलेको प्रतिनिधि सभाको पहिलो अधिवेसनका कुल २८ बैठक मध्ये १४ वटा वैठकमा सम्बोधन गरे । शुन्य समयमा ४, विशेष समयमा ३, सैद्धान्तिक छलफलमा ४, आकस्मिक समयमा १ र प्रस्नोत्तरमा १ पटक सहभागिता जनाए ।
सोही अवधिमा सुबोधले सिन्धुपाल्चोकको व्यापारिक नाका तातोपानी नाका दोहोरो सञ्चालन, जुरे पहिरो पिडितलाई राहत वितरणलगायतका जनजिवीकाका विषयमा खरो रुपमा आफ्ना कुरा राखे । पछिल्लो समय उनको संसदमा उपस्थिती निकै बलियो देखिएको छ ।
संसद बैठकमा उठाएका विषय र प्रभावबारे तलको भिडियोमा हेर्न सकिन्छ
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com