हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा ९९० बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
जसअनुसार बहादुर सिंह लामा मन्त्रिपरिषद्को दोस्रो वरीयतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यस्तै गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दा कुमारी मोक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
यस्तै तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्दा रामकृष्ण चित्रकारको भने पछि जिम्मेवारी तोकिनेछ ।
यस्तै डा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री बन्दा, लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात, पुकार महर्जन पर्यटन, उद्योग तथा सकारी, उत्तम जोशी स्वास्थ्य र मनिसा खड्का वन तथा वातावरण मन्त्री बनेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिन सम्भव भएको हो । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com