असार, ४। नेकपा एमालेका नेता रविन्द्र ओझाले एमाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । नेकपा एमालेको केन्द्रीय विज्ञान तथा प्रविधि विभागको सदस्य ओझाले विभागका इन्चार्जलाई सम्बोधन गरि राजीनामा पत्र बुझाएका हुन् ।
पार्टीका शिर्ष नेताहरु नै भ्रष्टाचारको चरम आहालमा डुबेको र त्यसको अपजस समेत तल्लो तहका नेता कार्यकर्ताले समेत बोक्नु पर्ने स्थिति आएपछि आफूले पार्टी परित्याग गरेको बताएका छन् ।
गत जेष्ठ २१ गते बुझाइएको राजीनामा पत्रमा समेत नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टचार प्रकरणमा ठूला नेताहरु संलग्न भएकोतर्फ इंगित गर्दै ओझाले भ्रष्ट नेताहरुको बारेमा शिर्ष नेताहरुबाट एक शब्द नबोलिनु दुखद भएको उल्लेख गरेका छन् । ‘पार्टी कार्यकर्ताको हैसियतमा भ्रष्टाचारी पार्टीका नेताको दोषभार पनि आफूले बोक्नु पर्ने भएकाले एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा बुझाएको’ बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यावत परिवेशको जानकार चेतनशिल प्राणी मानिस यो दलदलमा बस्नु भनेको आफ्नै चेतनाको अपमान, आत्मसम्मानको हत्या, आफुले पाएको अमुल्य समयको बर्बादी हो ।’
खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियाले स्थायी ठेगाना भएका ओझा विभागीय जिम्मेवारी बाहेक पार्टीको संगठन विस्तारमा समेत अहोरात्र खटिरहेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com