काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई जिम्मेवारी समेत तोक्ने तयारी गरेको छ । गत भदौ ७ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com