काठमाडौँ, १८ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । केहिदिनयता काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।
आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।
देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com