मंसीर, २० । भूकम्पले जनताको घर भत्कीएपछि माओवादी नेता जनार्दन शर्मा केही दिन देखि गाउँमै टहरा निर्माण गरिरहेका थिए । त्यही बेला दुर्गम गाउँमा एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली टुप्लुक्क आइपुगेपछि जनार्दन शर्माले दुर्य हात जोडेर ओलीलाई न्यानो स्वागत गरे । जनार्दनको ओली स्वागतले रुकुम पश्चिमको उच्च राजनीतिक हार्दिकता देखाएको छ । जनार्दन शर्मामा रहेको राजनीतिक संस्कारका बारेमा बजार चर्चा छ ।
राजनीतिक मुद्यामा लडाइँ र झगडा गरिरहने दुई राजनीतिक शक्तिका नेताहरुको यो हार्दिकताले वास्तवमा राजनीतिक संस्कार देखाएको छ । यो तस्वीरले ओलीको भन्दा बढि जनार्दन शर्माको प्रशंसा भएको छ । जनार्दन शर्माले आफ्नो पार्टीका अध्यक्ष आउन लागेको भनेर एमालेले तयार पारेको स्वागत गेटमा एमालेकै पंक्तिमा लामबद्ध भएर ओलीलाई स्वागत गरेका थिए । तस्वीरमा जनार्दन शर्माले ओलीलाई नमस्कार गरेर हात जोडेका छन् । ओलीले हस्तमिलनका लागि हात अघि बढाएका छन् । दुबैको ओठमा मुस्कान छ । राजनीतिलाई गहिरो गरी बुझ्नेहरुलाई यो तस्वीर वास्तवमा अर्थपूर्ण छ ।
यो तस्वीर कर्णालीको सानी भेरी किनारा रिम्नाको हो । यो किनारले जाजरकोट र रुकुम पश्चिमलाई छुट्याउँछ । केपी शर्मा ओली मध्यपहाडी राजमार्गमा समृद्धिको संकल्प यात्राको क्रममा त्यहाँ पुगेका थिए । भेट भएको यो भूमी चाहीँ रुकुम पश्चिम सानीभेरी गाउँपालिका ४ बलिबाङमा पर्छ । भुकम्पका कारण भत्कीएको बस्तीमा जनताको टहरा बनाउँदै थिए । अहिलेसम्म दर्जनौँ टहरा बनाइसकेका जनार्दन शर्मा ओली आउने खबर पाएपछि एमालेले तयार पारेको स्वागतद्धारमा पुगेका थिए । कुनै समय एउटै पार्टीमा बसेरका काम गरेका, कुनै समय एउटै मनत्रीपरिषदमा बसेर काम गरेका यी दुई अनुहार तस्वीरमा जति मुस्कुराए त्यो भन्दा बढि मुस्कुराउने अवस्था चाहीँ थिएन । किनकी उनीहरु यस्तो ठाउँमा भेट भएका थिए जहाँ भुकम्पमा परि शोकमा रहेका गाउँलेका साथमा थिए ।
शर्माले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा आएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिएका छन् । ओली र जनार्दन भेट भएको ठाउँ रिम्ना सानीभेरी गाउँपालिका ४ बलिबाङमा पर्छ । र यो गाउँपालिकामा माओवादीको बलियो पक्कड छ । गएको स्थानीय तह निर्वाचनमा एमाले र काँग्रेसले गठवन्धन गर्दा पनि अध्यक्ष उपाध्यक्षसहित अधिकांश पदमा माओवादीले विशाल मत सहित विजयी हासिल गरेको थियो । ११ वडा मध्य ९ वडामा माअोवादीको जीत भएको थियो । जहाँ जनार्दन शर्मा भुकम्पपछि जनतासंगै छन् । class=”alignnone size-medium wp-image-9517″ />
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com