मंसिर, २९ । नेपाली कांग्रेसले वडा तहसम्मै पुगेर एक महिने अभियान सञ्चालन गर्ने भएको छ । कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने शुक्रबार निर्णय गरेको हो । त्यसका लागि १६ पुसदेखि १६ माघसम्मका लागि मिति तय भएको छ । अभियानमा वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ । स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको छ । गर्ने । अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com