मंसीर, ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई लिएर आक्रोस व्यक्त गरेका छन् । ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण छुट्दा आफ्नो पार्टीका नेता टोपबहादुर रायमाझी भने जेलमै बस्नुपरेको भन्दै आक्रोश व्यक्त गरे ।
सङ्कल्प यात्रा अन्तरगत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले भएकै कारणले कोही जेलमा बस्नुपरेको आरोप लगाएका हुन् ।
ओलीले भने, ‘मुद्दा लगाएका एउटा साथी हिजो कि अस्तिका दिन उहाँले बल्ल सफाइ पाउनुभयो । कोही साथीहरूलाई अझै मुद्दा लगाएर फसाइएको छ । कांग्रेस भयो भने मन्त्री भए पनि छुट्छ, एमालेमा लागेको छ भने रिसले कोही मान्छे छुट्दैन । कांग्रेसको कानुनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ, अनि कहाँबाट इन्साफ हुन्छ ?’
पूर्वप्रधानमन्त्री ओलीले दुस्मनी गरेर कहीँ पनि पुग्न नसकिने पनि बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com