पुष, ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आन्दोलन गर्ने भएको छ । राप्रपा तीन दिनसम्म घनिभूत बैठक गरेर तेस्रो जन आन्दोलनकै तयारीमा होमिएको हो । राप्रपाले काठमाडौँमा आउने चैत्र र बैशाखमा विशाल जनआन्दोलन गर्ने तयारी गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिंगेनले पत्रकार सम्मेलन गर्दै पुष र मागमा गाउँगाउँसम्म पुगेर जनतामा आन्दोलनको जागरण पैदा गराउने, फागुनमा मेची महाकाली यात्रा गर्ने र काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने अनि चैत्रमा जनआन्दोलनको शंखघोष गर्ने राप्रपाको तयारी रहेको बताए ।
राजसंस्था र हिन्दु राष्ट्रको मूल नारा बोकेर जनआन्दोलनमा होमिने उदुघोष गरेको राप्रपाले पुरै शक्ति प्रयोग गर्ने संकेत गरेको छ । राप्रपाले अन्तिम शक्ति प्रयोग गर्ने भएकाले अबको आन्दोलन बारे सबैको ध्यान तानेको छ । केही समय पहिले दुर्गा प्रसाइँले काठमाडौँमा र राप्रपाले झापामा राजानै अगाडी राखेर गरेको शक्ति प्रर्दशनले राजावादीहरु हौसिएका छन् । निर्मल निवासले पनि राप्रपालाई आन्दोलनको नेतृत्व लिन निर्देशन गरेको छ । यो आन्दोलनमा राप्रपाले नेतृत्व गरे पनि सबै राजावादीहरु एकिकृत हुने देखिएको छ । यहाँसम्मकी पूर्व राजा ज्ञानेन्द्र शाहले त्यो अ ानदोलनमा छिटपुट राजसंस्थाको वकालत गर्दै आइरहेका समूहरुलाई पनि आन्दोलनमा समाहित हुन निर्देशन भइसकेको छ । त्यसको संकेत राजेन्द्र लिंदेनले पनि गरे ।
आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक संघ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपाले आह्वान गरेको छ । आन्दोलनका लागि पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ । सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहने छन् । यसैगरी, पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ भने पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन भएको छ । प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठको नेतृत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com