पुष, २० । त्रिभुवन विश्वविद्यालय त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना गरी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।
सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ ।
सिंहदरवारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्ने छ । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com