माघ, २४ । नेपालले बाङ्ग्लादेशसँग विद्युत् व्यापार गर्ने बहुप्रतीक्षित योजना अन्तर्गत पठाइएको बोलपत्रको टुङ्गो ढिलोमा अबको दुई साताभित्र हुने र बर्खा अगावैबाट विद्युत् बाङ्लादेश पुग्नेू ऊर्जा सचिवले बीबीसीलाई बताएका छन्। ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले यस अवस्थामा काम पुग्नुलाई कार्यान्वयनको अन्तिम चरण बताउँछन्। नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापारको दरभाउ समेटिएको उक्त सिलबन्दी प्रस्ताव ढाका पठाएको हो।
ूनेपालले एकल रूपमा प्रस्तुत गरेको यस बोलपत्रमा दरभाउ पनि हुन्छ र सर्तहरू समेत हुन्छन्,उनी भन्छन्। त्यसपछि आवश्यक परेमा केही वार्ता भएर टुङ्गिन्छ। सायद अरू विषयमा थप वार्ता हुनुपर्ने नहोला, भए केही प्रक्रियागत विषय हुन सक्छन्।त्यसपछि द्विपक्षीय विद्युत् व्यापार सम्झौता भएर पहिलो पटक तेस्रो देशमा नेपालबाट हुने विद्युत् व्यापार कार्यान्वयनमा जाने अधिकारीहरूले बताएका छन्।
ऊर्जा सचिव सिग्देल थप्छ:दुई देशले यसअघि नै सहमति जनाएको समझदारी पत्र छ, त्यसमा हस्ताक्षर हुन्छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com