माघ, २६ । कोशी प्रदेश सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै सरकार विस्तार गरेका हुन् । नवनियुक्त कोशी प्रदेशका मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी रामलाई जिम्मेवारी दिएका छन्।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन् । नवनियुक्त मन्त्रीहरु सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम कांग्रेस हुन् । उनीहरुमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीन जना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन् ।
यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् । बरियतामा मुख्यमन्त्रीपछि प्रदिपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमलप्रसाद जबेगू, रामकुमार खत्री, नारायणबहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ ९राम० रहेका छन् । गुरुङ दलित कोटाबाट समानुपातिक सांसद बनेकी हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com