फागुन, १७ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघ संस्थापन इतर समूहले अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ । अध्यक्ष शेर्पाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरेकाले राजीनामा माग गरेको केन्द्रीय सदस्य भुवन भट्टले बताउनुभयो ।
नेविसंघको संस्थापन इतर समूहले पत्रकार सम्मेलन गर्दै राजीनामा माग सँगै आफ्ना निर्णयहरु सार्वजनिक गरेको छ । यस्तै, इतर समुहको बैठकले संघको विधिवत १२ औँ महाधिवेशन सम्पन्न गर्नका लागि देशभरका जिल्लाहरूमा सदस्यता वितरण, सुझाव संकलन र संगठन विस्तारका लागि नेविसंघ केन्द्रीय तदर्थ समितिका सदस्यहरूलाई केन्द्रीय प्रतिनिधि पठाउने निर्णय सर्वसम्मतिले गरेको छ ।
नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सबै निर्णय खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निर्णय गरिएको बताउनुभयो । आफ्नो पक्षले बारम्बार छलफलका लागि बोलाउँदा पनि अध्यक्ष शेर्पाले वेवास्ता गरेको, आफूखुसी ढंगले कार्यक्रम गर्दै हिँडेको संस्थापनइतर समूहको आरोप छ । आफ्नो पक्षले बारम्बार छलफलका लागि बोलाउँदा पनि अध्यक्ष शेर्पाले वेवास्ता गरेको, आफूखुसी ढंगले कार्यक्रम गर्दै हिँडेको संस्थापनइतर समूहको आरोप छ । केन्द्रीय समिति बैठक बहिष्कार गरेर शेखर–गगन समूह निकटले छुट्टाछुट्टै समानान्तर बैठक गरेसँगै नेविसंघमा स्पष्ट तीन गुट देखापरेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com