फागुन, १७ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गते लागि शपथ गराइने भएको छ । संघीय संसद् सचिवालयका अनुसार गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन पनि आग्रह गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com