चैत, ५ । पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले महरालाई पक्राउ गरेको हो। प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरेर अहिले काठमाण्डौ ल्याइँदै छ ।
सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो। केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराको समेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो।
गत शुक्रबार मात्र मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com