चैत, २१ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालत पाटनको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो।
कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने छुट दिएको थियो। उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष खाएकी थिइन्।
गिरीले न्यायाधीशसमेत रहेका पतिविरुद्ध काठमाडौंको सामाखुसीस्थित डेरामा बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। जिल्ला अदालत काठमाडौंमा गत वैशाख १७ गते बलात्कार कसुरमा मुद्दा दर्ता भएको थियो। कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा त्यसअघि नै दर्ता भएको थियो। त्यसबेला काठमाडौं र कपिलवस्तु दुवै अदालतले गिरीलाई धरौटीमा छाडन् आदेश दिएका थिए।
वैवाहिक बलात्कार अभियोगमा पक्राउ गरेका गिरीलाई ०८० वैशाख १७ गते कपिलपस्तु जिल्ला अदालतका न्यायाधीश नरनारायण पौडेलको इजलासले २ लाख ७५ हजार धरौटीमा छाडेको थियो। यता वैशाख १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालले पनि उनलाई ५० हजार धरौटीमा छाडिदिएका थिए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com