चैत, २८ । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । अब प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख २ गते बस्नेछ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा कांग्रेसले अवरोध गरेपछि सभामुखले दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूलाई बोल्न समयको व्यवस्था गरेका थिए ।
विशेष समयमा सांसदहरूले बोलिसकेपछि सभामुखले शून्य समयको कार्यक्रम अगाडि बढाए । त्यसपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरेका हुन् । विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले २०८१ साल वैशाख २ गते अर्को बैठक बस्ने गरी स्थगित गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com