चैत, २९ । गण्डकी प्रदेशमा मन्त्रालय फटाएर ९ पुर्याइएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्याएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको हो।
यसअघि अघिल्लो वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका खगराजले नै गण्डकीका १२ मन्त्रालयबाट घटाएर ७ वटामा झारेका थिए। अहिले भागबन्डा मिलाउन उनले फेरि बढाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गराएका हुन्। यस्तै आजको बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। बुधबार मात्र सर्वोच्च अदालतले गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न आदेश दिएको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com