चैत, ३० । नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बन गरेको छ । चौधरीले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले निलम्बन गरेकी हुन् ।
अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएकी छिन् । यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com