वैशाख, ५ । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दाका अभियुक्त हुन् । उनी फरार रहेका थिए । पक्राउ गरेसँगै उनलाई सजाय भुक्तानीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com