काठमाण्डौ, साउन २ । काठमाण्डौमा मङ्गलवारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । काठमाण्डौ जिल्लाका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाण्डौका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
मङ्गलवारदेखि ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com