काठमाडौं, साउन ६ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता बाँड्ने काम नहोस् भनेर सरकारको ध्यानाकर्षण गराएकी छन् । पौडेलले आजको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’
उनले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् । ‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्छ,’ उनले भनिन्, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com