काठमाण्डौ, साउन १३ । सांसद गजेन्द्र महतले ‘एम अधिकारी’को पहिचान आफुले गरेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले केही समयअघि एम अधिकारी र सीसीटीभी फुटेजबारे निकै सोधखोज भएको तर, कसैले पहिचान गर्न नसकेको बताए । उनले एम अधिकारीबारे कसैले खोजीमा चासो नदेखाएपछि आफूले खोजेको उनको भनाइ छ ।
उनले भने, ‘एम’ भनेको ‘मनी’ र अधिकारी भनेको अधिकार भएको मान्छे भन्ने कुरा मैले पत्ता लगाएको छु, र त्यो भनेको गभर्नर नै हो ।’ आफूले एम अधिकारीबारे लामो अध्ययन र अनुसन्धानपछि यो तथ्य पत्ता लगाएर संसदलाई जानकारी गराएको सांसद महतको भनाइ थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com