काठमाण्डौ, साउन १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन नेपाल बार एशोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
सोमबार बारका पदाधिकारीले सभामुख सापकोटालाई भेटेर संसदमा विचाराधीन रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन माग गरेका हुन् । अहिलेकै अधिवेशनमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउन माग गरेको बारकी महासचिव अञ्जिता खनालले बताइन् ।
जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले त्यसपछि महाअभियोग सिफारिस समिति बनाए पनि समितिमा महाअभियोग प्रस्ताव अघि बढाएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com